चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले २ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४२.६६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७३ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७७.२८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९६.६३ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको सञ्चालक आम्दानी ८२.१० प्रतिशत र सञ्चालन मुनाफा २४२.६२ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १७ करोड ७९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १८ रुपैयाँ ३१ पैसा रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ६४ पैसा बढेर ८ रुपैयाँ २९ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ६५.१४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २८ पैसा रहेको छ।
१ अर्ब २१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५२ करोड ६७ लाख रुपैयाँ सञ्चित छ। पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ७ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ६६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
