नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य निरन्तर चौथो दिन बढेको हो ।
त्यस्तै, यस दिन चाँदी तोलामा ५० रुपैयाँ बढेको छ । आज सोमबारको बजारमा चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबारको बजारमा चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।
