नवीनतम ग्यालेक्सी एआई एकीकरण र आइकोनिक “ब्लेड” डिजाइन सहित, Buds3 FE ले ग्यालेक्सी इकोसिस्टम अन्तर्गत अडियो नवप्रवर्तनको नयाँ युगको सुरुवात गरेको छ। यो उपकरण अहिले तपाईंको नजिकको सामसुङ स्टोरमा १९ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको छ ।

ग्यालेक्सी Buds3 FE लाई उत्कृष्ट मूल्यमा शक्तिशाली ध्वनि र परिष्कृत सुविधाहरूसमेत समावेश गरि इन्जिनियर गरिएको छ। ठूलो स्पिकर, उन्नत Active Noise Cancelling (ANC), र क्रिस्टल क्लियर कल टेक्नोलोजी जसले मेसिन लर्निङद्वारा शोरयुक्त वातावरणमा समेत प्रयोगकर्ताको आवाजलाई अलग पार्छ । त्यस्तै यो इयरबडले गहिरो ध्वनि र स्पष्ट संचार सुनिश्चित गर्ने गरेको छ ।
ग्यालेक्सी इकोसिस्टमसँग सहज रूपमा एकीकृत हुन डिजाइन गरिएका Buds3 FE ले Auto Switch समर्थन गर्छ, जसले ग्यालेक्सी उपकरणहरू बीच छिटो रूपान्तरण गर्न अनुमति दिन्छ। साथै, एप–रहित नियन्त्रण, र तीव्र कनेक्टिभिटीका कारण संगीत सुन्ने, कल गर्ने वा अन्तर्राष्ट्रिय यात्रा गर्दा समेत तपाईं सधैं जोडिएका, केन्द्रित र नियन्त्रणमा रहन सक्छन् ।