अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जालमा चलाउन नपाउने

Nov 10, 2025 03:45 PM mero lagani



विश्वव्यापी रूपमा गरिएका धेरै अध्ययनहरूले बालबालिका र किशोरकिशोरीहरूमा सामाजिक सञ्जालको लत द्रुत गतिमा बढिरहेको भन्दै अष्ट्रेलियाली सरकारले पूर्णरुपमा प्रतिबन्धको घोषणा गरेको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले डिसेम्बर १० देखि लागु हुने गरी १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा पूर्णरुपमा बन्द गरिएको घोषणा गरेका हुन् । उनले इन्टरनेटमा बढ्दो खतराहरूबाट बालबालिकाहरूलाई जोगाउन यस्तो निर्णय गरिएको बताएका छन् ।

सरकारले स्पष्ट पारेको छ कि यो नियम लगभग सबै प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूमा लागु हुनेछ। यसमा फेसबुक, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट, एक्स, युट्युब, रेडिट र किकस्टार्टर समावेश छन्। यी प्लेटफर्महरूमा उमेर सीमा मुनिका कुनै पनि प्रयोगकर्ताको लागि कायम राख्ने, सञ्चालन गर्ने वा नयाँ खाता सिर्जना गर्ने कार्य कानुनको उल्लङ्घन मानिनेछ। यी प्लेटफर्महरूले बालबालिकाको उमेर पहिचान गर्न कडा प्रमाणीकरण प्रणालीहरू पनि लागु गर्न आवश्यक हुनेछ । कुनै सामाजिक सञ्जाल संचालन कुन उमेरका समुहले चलाइरहेका छन् भन्ने बारेमा अनुगमन गर्न विशेष सावधानी अपनाइने सरकारले स्पष्ट पारेको छ ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले डिजिटल संसार बालबालिकाको मानसिक स्वास्थ्य वा उनीहरूको विकासको मूल्यमा सञ्चालन हुन सक्दैन भन्दै सरकारले इन्टरनेटले बालबालिकाको लागि शिक्षा र मनोरञ्जनको स्रोतको रूपमा काम गर्छ, तर उनीहरूको स्वास्थ्यमा खतरा नपार्ने कुरा सुनिश्चित गर्न चाहेको बताएका छन् ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।