कम्पनीले सर्वसाधारणमा वितरण गरेको २ लाख ३१ हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ३ लाख ४६ हजार ५०० कित्ता शेयर गरी कुल ५ लाख ७७ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १७१ रुपैयाँ ७८ पैसादेखि ५१५ रुपैयाँ ३४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा भोलि मंगलबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कम्पनीको शेयर कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई SWASTIK स्टक टिकर प्रदान गरेको छ ।