चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा इन्स्योरेन्सले १२ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ११ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १८.७४ प्रतिशत र कुल आम्दानी १२.२८ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको कुल दाबी भुक्तानी १४.८२ प्रतिशत बढेको छ भने कुल खर्च १२.१७ प्रतिशत बढेको छ।
नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ १ पैसा बढेर १० रुपैयाँ २२ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ४२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.८६ गुणा रहेको छ।
५ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा ४२ करोड ५७ लाख रुपैयाँ, रिटन्ड अर्निङ्गमा १ अर्ब ४ करोड रुपैयाँ र अन्य इक्विटीमा २५ करोड ७३ लाख रुपैयाँ सञ्चित छ।
