Fri, Jul 24, 2026
कार्तिक २४ गते, सोमबार फोनपे पेमेण्ट सर्भिस लिमिटेडको छैटौं वार्षिक साधारणसभा म्यारियट होटल, नक्साल, काठमाडौंमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आ.व. २०८१/८२ को वार्षिक वित्तिय विवरण, लेखापरिक्षक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु पारित गरेको छ ।
फोनपेको सञ्चालक समितिका अध्यक्ष सशीन जोशीज्यूको अध्यक्षतामा बसेको सो वार्षिक साधारण सभामा फोनपेका शेयरधनीहरुलाई चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने, स्वतन्त्र सञ्चालकमा पुनः सशीन जोशीज्यूलाई नियुक्त गर्ने तथा आ.व. २०८२/८३ का लागि N. B. S. M. & Associates, Chartered Accountants लाई पुनः लेखापरिक्षकमा नियुक्त गर्ने निर्णय भएको थियो। साथै, विशेष प्रस्ताव अनुरुप फोनपेको प्रबन्धपत्र तथा नियमावलीलाई संशोधन गर्ने तथा सर्वसाधारणहरुलाई शेयर निष्काशन गर्ने समेत निर्णय भएको थियो।
सुवास निरौला
आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।