फोनपे पेमेण्ट सर्भिस लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न

Nov 12, 2025 11:53 AM merolagani



सोमबार फोनपे पेमेण्ट सर्भिस लिमिटेडको छैटौं वार्षिक साधारणसभा म्यारियट होटल, नक्साल, काठमाडौंमा सम्पन्न भएको छ । 

उक्त साधारणसभाले आव २०८१/८२ को वार्षिक वित्तीय विवरण, लेखापरिक्षक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु पारित गर्ने निर्णय गरेको छ ।

फोनपेको सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा बसेको सो वार्षिक साधारण सभामा फोनपेका शेयरधनिहरुलाई चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय भयाे । त्यस्तै, स्वतन्त्र सञ्चालकमा पुनः सशीन जोशीलाई नियुक्त गर्ने निर्णय भएको थियो ।

आव २०८२/८३ का लागि N. B. S. M. & Associates, Chartered Accountants लाई पुनः लेखापरिक्षकमा नियुक्त गर्ने निर्णय भएको छ । साथै, विशेष प्रस्ताव अनुरुप फोनपेको प्रबन्धपत्र तथा नियमावलीलाई संशोधन गर्ने तथा सर्वसाधारणहरुलाई शेयर निष्कासन गर्ने समेत निर्णय भएको थियो ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Nov 07, 2025 10:50 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।