फोनपे पेमेण्ट सर्भिस लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न

Nov 12, 2025 11:53 AM merolagani



सोमबार फोनपे पेमेण्ट सर्भिस लिमिटेडको छैटौं वार्षिक साधारणसभा म्यारियट होटल, नक्साल, काठमाडौंमा सम्पन्न भएको छ । 

उक्त साधारणसभाले आव २०८१/८२ को वार्षिक वित्तीय विवरण, लेखापरिक्षक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु पारित गर्ने निर्णय गरेको छ ।

फोनपेको सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा बसेको सो वार्षिक साधारण सभामा फोनपेका शेयरधनिहरुलाई चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय भयाे । त्यस्तै, स्वतन्त्र सञ्चालकमा पुनः सशीन जोशीलाई नियुक्त गर्ने निर्णय भएको थियो ।

आव २०८२/८३ का लागि N. B. S. M. & Associates, Chartered Accountants लाई पुनः लेखापरिक्षकमा नियुक्त गर्ने निर्णय भएको छ । साथै, विशेष प्रस्ताव अनुरुप फोनपेको प्रबन्धपत्र तथा नियमावलीलाई संशोधन गर्ने तथा सर्वसाधारणहरुलाई शेयर निष्कासन गर्ने समेत निर्णय भएको थियो ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।