उक्त उद्योगले सरकार र नेपाल विद्युत् प्राधिकरणलगायतलाई विपक्षी बनाइ यसअघि दायर गरेको रिटमा सर्वोच्च अन्तरिम आदेश दिएन् । तर, उद्योगले भने बुधबार महशुलबापतको पहिलो किस्ता १ करोड ६० लाख १५ हजार रुपैयाँ रकम बुझाएको हो ।

उद्योगले ४४ करोड ८४ लाख रुपैयाँ रकम महशुलबापत भुक्तानी गर्नुपर्ने थियो । महशुलको किस्ता तिरेसँगै बुधबार नै उद्योगमा लाइन जोडिएको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, आज बुधबार अन्य तीन वटा उद्योगले पनि महशुलबापतको पहिलो किस्ता बुझाएका छन् । घोराही सिमेन्ट, त्रिवेणी स्पेनिङ मिल्स र जगदम्बा स्टीलले समेत पहिलो किस्ताबापतको महशुल बुझाएका हुन् ।
घोराहीले ५० करोड ८५ लाख रुपैयाँ भूक्तानी रकममध्ये पहिलो किस्ताबापत १ करोड ८१ लाख रुपैयाँ महशुल बुझाएपछि उद्योगमा लाइन जोडिएको हो । त्यस्तै, त्रिवेणीको ३२ करोड ९ लाख रुपैयाँ बक्यौतामध्ये १ करोड १४ लाख रुपैयाँ महशुलबापतको पहिलो किस्ता बुझाएसँगै उद्योगमा लाइन जोडिएको प्राधिकरणले जनाएको छ ।
बारा—पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टील प्रा.लिले पहिलो किस्ता तिरेपछि गत ४ कात्तिकमा विच्छेद गरिएको जगदम्बाको विद्युत लाइन बुधबार साँझ जडान गरिएको छ । जगदम्बा सबैभन्दा बढी बक्यौता रहेको उद्योग हो । जगदम्बाको १ अर्ब ६० करोड १८ लाख रुपैयाँ बक्यौता छ । जगदम्बाले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो । बक्यौतालाई २८ किस्तामा विभाजन गरी जगदम्बाले ५ करोड ७२ लाख ९ हजार रुपैयाँ पहिलो किस्ता बुझाएको छ ।
प्राधिकरणअनुसार, महशुल नतिरेर लाइन काटिएका २५ उद्योगमध्ये २० वटा उद्योगले पहिलो किस्ता बुझाएसँगै उद्योगमा विद्युत् लाइन जोडिएको हो ।
यी हुन महशुल बक्यौता नतिर्ने ५ उद्योगहरु
अझै ५ वटा उद्योगले महशुलबापतको किस्ता भने बुझाएका छैनन् । ती उद्योगमा अहिलेसम्म विद्युत् लाइन समेत नजोडिएको प्राधिकरणले जनाएको छ ।
महशुल बक्यौता नबुझाउनेमा जगदम्बा सिन्थेटिक, बुटवल सिमेन्ट, एभरेष्ट पेपर मिल, निगाले सिमेन्ट र बिशाल सिमेन्ट इन्ड्रष्टि हुन् । प्राधिकरणका अनुसार, जगदम्बा सिन्थेटिकले २० करोड ५० लाख, बुटवल सिमेन्टले १८ करोड ४५ लाख, एभरेष्ट पेपर मिलले ९ करोड ४४ लाख, निगाले सिमेन्टले ५ करोड ८१ लाख र बिशाल सिमेन्टले ३ करोड ३५ लाख रुपैयाँ रकम महशुल बक्यौता बुझाउन बाँकी छ ।
ती उद्योगले पहिलो किस्तासमेत नबुझाएका कारण उद्योगमा लाइन जडान हुन सकिरहेको छैन् ।