ग्लोवल आइएमइ बैंकः हिजाे एजिएम आज शेयरधनीहरुकाे बैंक खातामा नगद

Nov 13, 2025 12:09 PM Merolagani



हिजाे वार्षिक साधारणसभा (एजिएम) गरेकाे ग्लोवल आइएमइ बैंकले आज शेयरधनीहरुकाे बैंक खातामा नगद लाभांश राखिदिएकाे छ । साधारणसभाले चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट पारित गरेसँगै बैंकले शेयरधनीकाे बैंक खातामा नगद लाभांश पठाइदिएकाे हाे ।

१९ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको थियाे ।

 

सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेकाे वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै नगद लाभांश वितरण गर्ने प्रश्ताव पारित गरेकाे थियाे ।