पूर्व प्रहरी महानिरीक्षक खापुङलाई काठमाडौं उपत्यका छाड्न रोक

Nov 13, 2025 01:07 PM Merolagani



जेनजी आन्दोलन जाँचबुझ आयाेगले हालै सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक लगाएको छ ।

आयोगले प्रेस विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गतेका घटनाहरुको छाविन तथा जाँचबुझको लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आयोगको स्वीकृति बेगर पूर्व महानिरीक्षक खापुङलाई उपत्यका छाड्न नपाउने व्यवस्था गर्न अनुरोध गरिएको छ ।