‘पर्ख र हेर’ को अवस्थामा पाँचथर पावर कम्पनी, हेरौँ कम्पनी विश्लेषण

Nov 15, 2025 05:59 PM Merolagani



यस साता जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा कम ०.५८ प्रतिशत घटेको छ। गत साता ३३२३.९७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता १९.२९ अंक घटेर ३३०४.६८ विन्दुमा झरेको छ।

सोही उपसमूहको एक कम्पनी हो पाँचथर पावर कम्पनी लिमिटेड (PPCL)।

यस साता सो कम्पनीको शेयरमूल्य ५ रुपैयाँ ९० पैसा घटेको छ। गत साता ३२९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ३२४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

‘पर्ख र हेर’ को अवस्था

यस साता कम्पनीको शेयर ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। आगामी दिनमा कम्पनीको शेयरमूल्य बढेमा ३५५ देखि ३७० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यस्तै, ओरालो लागेमा भने २८० देखि २९० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

अन्योलमा लगानीकर्ता

साप्ताहिक रुपमा यस साता कम्पनीको शेयरमूल्यले लंग लेग्ड डोजी मैनबत्ती बनाएको छ। हाल लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य बढ्छ कि घट्छ भन्ने अन्योलमा रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ। जसले सो दिन कम्पनीको शेयरमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआई चार्टले हालसम्म कम्पनीको शेयरमा ५ पटक बाइ सिग्नल दिइसकेको छ। जसमध्ये ४ वटा सिग्नल सफल भएका थिए भने १ सिग्नलमा स्टप लस गर्नु परेको थियो। पछिल्लो समय मेरोलगानी एआई चार्टले कम्पनीको शेयरमा कुनै बाइ सिग्नल दिएको छैन।

कमजोर भोल्यूम

यस साता कम्पनीको शेयरमूल्यसँगै भोल्यूम पनि कमजोर रहेको छ। यस साता दैनिक औषतमा कम्पनीको १७ हजार ७८० कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम २० हजार ७४४ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा कम्पनीको दैनिक औषत भोल्यूम १४.२८ प्रतिशत कम हो।

बुलिश प्रवृत्ति

यस साता कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको छ। यस साता कम्पनीको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। र यी दुबै रेखा बीचको दूरी बढ्दो क्रममा रहेको छ। यद्यपि, कम्पनीको हिस्टोग्राम भने सकारात्मक क्षेत्रमा घट्दो क्रममा रहेको छ।

खरिदचाप घट्दै

साताको अन्त्यतिर कम्पनीको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनबाट न्यूट्रल जोनतर्फ झरिरहेको छ। यसले कम्पनीको शेयरमा खरिदचाप घट्न थालेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ५ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ३ करोड १ लाख रुपैयाँ नोक्सानीमा थियो। २०८० असार महिनामा आएको बाढीले आयोजनालाई क्षति पुर्याएको तथा २०८१ असोज १२ गते पुनः बाढी आई आयोजनामा सिभिल संरचनासहित पावर हाउस लगायत इलेक्ट्रो मेकानिकर इक्यूपमेण्ट समेत क्षति भएका कारण गत आर्थिक वर्षमा कम्पनीले विद्युत उत्पादन गर्न नसक्दा कम्पनी नोक्सानीमा पुगेको हो। सोको मर्मत कार्य सम्पन्न गरी २०८१ चैत १६ गतेदेपख पुनः विद्युत उत्पादन सुचारु भएकोले अहिले कम्पनी नाफामा पुगेको हो।

गत असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १४ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको कुल नाफा १३ करोड ५२ लाख रुपैयाँ रहेको छ भने वित्तीय खर्च ५ करोड १ लाख रुपैयाँ रहेको छ।

९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ३ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ४२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ३ पैसा रहेको छ। यस साताको अन्तिम कारोबार मूल्य आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात १५.१३ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ३.३७ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको ९६ लाख २५ हजार कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण ३ अर्ब ११ करोड ८५ लाख रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ३४० रुपैयाँ ६१ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य ४०९ रुपैयाँ ९० पैसा रहेको छ भने न्यून मूल्य २६४ रुपैयाँ ८० पैसा रहेको छ।

ब्रोकर ७४ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ७४ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको ११ हजार ९९५ कित्ता शेयर खरिद गरेको हो। त्यस्तै, यस साता ब्रोकर नम्बर ९१ ले ९ हजारभन्दा बढी र ४५ ले कम्पनीको साढे ४ हजार कित्ताभन्दा बढी कित्ता शेयर खरिद गरेको छ। यस साता ब्रोकर नम्बर ९१ ले कम्पनीको सबैभन्दा बढी शेयर बिक्री गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको ७ हजार ८९० कित्ता शेयर बिक्री गरेको हो।

मूल्य घट्ने डर

यस साता फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयर फियर जोनमा रहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य घट्छ भन्ने डर रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




एनआरएन इन्फ्रास्ट्रक्चरले ४२ प्रतिशत लाभांश वितरण गर्ने, बोलायो साधारण सभा

Nov 12, 2025 10:19 AM

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (NRN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।