एनआईसी एशिया, सिद्धार्थ, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, सिटिजन्स, नबिल, नेपाल एसबिआई, सानिमा र कुमारी बैंकले मंसिर महिनाका लागि यस्तो निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन्। बाँकी १० बैंकहरुले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन्।
मंसिर महिनाका लागि सबैभन्दा बढी ब्याजदर घटाउन बैंक एनआईसी एशिया रहेको छ। सो बैंकले कात्तिकको तुलनामा ०.७५ प्रतिशतविन्दुले ब्याजदर घटाएको हो। मंसिर महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा एनआईसी एशियाले अधिकतममा ५.७५ प्रतिशतका दरले ब्याज दिने भएको छ। सो बैंकले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि घटाएको छ।
कुन बैंकमा पाइन्छ बढी ब्याज?
व्यक्तिगत मुद्दती निक्षेपमा मंसिर महिनामा सबैभन्दा बढी ब्याज ग्लोबल आइएमई बैंकले दिने भएको छ। सो बैंकले अधिकतममा ६ प्रतिशतसम्म ब्याज दिनेछ। सबैभन्दा कम ब्याज भने स्ट्याण्डर्ड चार्टर्ड बैंकल दिनेछ। उक्त बैंकले अधिकतममा ४.७ प्रतिशत ब्याज दिने भएको छ।
घट्यो बैंकहरुको ब्याजदर
कात्तिक महिनाको तुलनामा मंसिर महिनामा बैंकहरुको औषत ब्याजदर घटेको छ। व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औषत ब्याजदर, कात्तिक महिनाको तुलनामा मंसिर महिनामा ०.१६ प्रतिशतविन्दुले घटेको छ। कात्तिकमा बैंकहरुले औषतमा ५.२० प्रतिशतविन्दुका दरले ब्याज दिएका थिए। मंसिरमा भने सो घटेर ५.०४ प्रतिशतविन्दुमा झरेको छ। त्यस्तै, संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने समीक्षा अवधिमा ०.०७ प्रतिशतविन्दुले घटाएका छन्।
