नयाँ दल दर्ताका लागि आज समय सकिँदै

Nov 16, 2025 10:55 AM Merolagani



नयाँ राजनीतिक दल दर्ता प्रयोजनका लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदैछ । फागुन २१ गतेका लागि अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले कार्तिक मसान्तसम्म नयाँ दल दर्ता गर्न समय दिएको थियो । सो समय आजबाट सकिने भएको हो ।

आयोगमा दर्ता भएका दलहरुले निर्वाचनका लागि पुनः दल दर्ता गर्नुपर्ने हुन्छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंसिर १० सम्म राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंसिर ७ गतेसम्म दल दर्ता गर्न आयोगले आह्वान गरेको छ ।




एनआरएन इन्फ्रास्ट्रक्चरले ४२ प्रतिशत लाभांश वितरण गर्ने, बोलायो साधारण सभा

Nov 12, 2025 10:19 AM

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (NRN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।