शनिबार प्रदर्शनका लागि हजारौं जना मेक्सिकोको राजधानीमा भेला भएका थिए । उनीहरुले देशमा जारी भ्रस्टाचार, हत्या–हिंसा रोक्न नसकेको भन्दै उनीहरुले राष्ट्रपति क्लाउडिया शेनबाउमको राजीनमा मागेका छन् ।
मेक्सिकोमा पछिल्लो समय हाइ–प्रोफाइल व्यक्तिहरुको हत्या भइरहेको छ । केही साताअघि मात्रै युरापानका मेयर कार्लोस मान्जोको हत्या भएको थियो । शेनबाउमले आफ्नो विपक्षमा रहेका दक्षिणपन्थी राजनीतिज्ञहरुले आन्दोलनकारीलाई उक्साएको बताएकी छिन् ।