तीन महिनामा भित्रियो साढे ५ खर्ब रेमिट्यान्स

Nov 16, 2025 01:00 PM Merolagani



चालु आवको पहिलाे तीन महिनामा साढे ५ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तीन महिनाको तथ्यांक अनुसार चालु आवको पहिलो तीन महिनामा नेपालमा भित्रिएको रेमिट्यान्स अघिल्लो आवको सोही अवधिको तुलनामा ३५ दशमलब ४ प्रतिशतले बढी हो ।

असोज मसान्तसम्म नेपालमा ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। केन्द्रीय बैंकका अनुसार असोज महिनामा मात्रै २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको सोही महिनामा भने १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । डलरमा गणना गर्दा नेपालमा ३ महिनामा भित्रिएको रेमिट्यान्स ३ अर्ब ९४ करोड डलर छ जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १०.६ प्रतिशत बढी हो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ६ खर्ब १० अर्ब ६१ करोड पुगेको छ भने वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख १० हजार ६५४ र ५९ हजार ९३९ रहेको थियो ।




एनआरएन इन्फ्रास्ट्रक्चरले ४२ प्रतिशत लाभांश वितरण गर्ने, बोलायो साधारण सभा

Nov 12, 2025 10:19 AM

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (NRN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।