विदेशी मुद्रा सञ्चिति अहिलेसम्मकै उच्च, २० महिनाको वस्तु आयात धान्ने

Nov 16, 2025 01:42 PM MeroLagani



रेमिट्यान्सको वृद्धिसँगै राष्ट्र बैंकमा विदेशी मुद्रा सञ्चिति झन झन बढ्दै गएको छ । १२ खर्बको हाराहारीमा रहेको नेपालको विदेशी मुद्रा सञ्चिति विगत दुई वर्षदेखि भने द्रुत्त गतिमा बढिरहेको छ ।

 २०७८/२०७९ को असोजमा झन्डै २१ खर्ब रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति २०८० असोजमा पुग्दा १६ खर्ब नाघ्यो भने २०८१ असोजमा २० खर्ब नाघेको थियो । चालु आवको असोजमा भने झन्डै ३० खर्ब नजिक पुगेको हो जुन अहिलेसम्मकै उच्च सञ्चिती हाे।

सरकारको चालु खर्च नियमित भए पनि पुँजीगत खर्चमा आएको कमीले राष्ट्र बैकको ढुकुटीको साथै बैकिङ प्रणालीमा समेत निक्षेप फालाफाल हुन थालेको हो । चालु आवको असोज मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । चालु आवको शुरुमा राष्ट्र बैंकसँग २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ सञ्चिति थियो । अमेरिकी डलरमा गणना गर्दा पनि राष्ट्र बैंकसँग असोज मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २१ अर्ब २१ करोड अमेरिकी डलर पुगेको छ ।

कुल विदेशी मुद्रा सञ्चिति मध्ये राष्ट्र बैंकसँग २६ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ छ भने बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब १२ अर्ब १० करोड रुपैयाँ छ । राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चित गर्दा झन्डै १ तिहाई अर्थात २४ प्रतिशत हिस्सा भने भारतीय मुद्रा सञ्चित गरेको जनाएको छ ।

 

राष्ट्र बैंकमा रहेको विदेशी मुद्रा सञ्चितिले १९ दशमलब ९ महिनाको वस्तु आयात तथा १६ दशमलब ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेका छ ।




एनआरएन इन्फ्रास्ट्रक्चरले ४२ प्रतिशत लाभांश वितरण गर्ने, बोलायो साधारण सभा

Nov 12, 2025 10:19 AM

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (NRN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।