फोनपे काठमाडौं गोर्खाजको एनपीएल सिजन–२ को प्लाटिनम प्रायोजक

Nov 16, 2025 04:15 PM merolagani



नेपालको अग्रणी डिजिटल भुक्तानी नेटवर्क फोनपेले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ का लागि काठमाडौं गोर्खाजसँग प्लाटिनम प्रायोजकका रूपमा साझेदारी गर्ने घोषणा गरेको छ ।

यस सहकार्यमार्फत फोनपेले राष्ट्रिय खेलकुदको प्रवर्द्धन, स्थानीय प्रतिभाको विकास, र देशभरका समुदायसँगको संलग्नताप्रति आफ्नो प्रतिबद्धतालाई अझ मजबुत बनाउने अपेक्षा लिएको छ । यो प्रायोजन फोनपेले युवालाई सशक्त बनाउने र खेलकुदमार्फत एकता, अनुशासन, र उत्साहको संस्कृतिलाई प्रवर्द्धन गर्ने दीर्घदृष्टिसँग पनि मेल खाने जनाएको छ ।

फोनपेका सीईओ दिवासकुमारले भने, ‘हामी एनपीएल सिजन २ मा काठमाडौं गोर्खाजलाई समर्थन गर्न पाउँदा गर्व गर्छौँ। फोनपेले युवालाई प्रेरणा दिने, राष्ट्रिय गौरव बढाउने, र सुरक्षित तथा सहज डिजिटल भुक्तानी प्रयोगलाई प्रवर्द्धन गर्ने पहलहरूलाई निरन्तर अघि बढाइरहेको छ। हामी विश्वास गर्छौँ कि खेलकुदले मानिसहरूलाई एकत्रित गर्छ, र यस्तै भावना बोकेको टोलीसँग साझेदारी गर्न पाउँदा हामी उत्साहित छौँ।’

काठमाडौं गोर्खाजले फोनपेप्रति आभार व्यक्त गर्दै यो समर्थनले टोलीलाई आगामी प्रतिस्पर्धात्मक सिजनका लागि थप उर्जावान र आत्मविश्वासी बनाउने जनाएको छ ।

 




एनआरएन इन्फ्रास्ट्रक्चरले ४२ प्रतिशत लाभांश वितरण गर्ने, बोलायो साधारण सभा

Nov 12, 2025 10:19 AM

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (NRN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।