Sun, Nov 16, 2025
सिद्धार्थ बैंक लिमिटेडले साधारण सभा सकिएकाे केही घन्टा भित्रै शेयरधनीकाे बैंक खातामा लाभांश राखिदिएकाे छ । बैंकले कात्तिक ३० गते (आजै) भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साधारणसभा गरेकाे थियाे ।
सभाले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश पारित गरेकाे थियाे । त्याे मध्ये कर कटाएर नगद लाभांश शेयरधनीकाे बैंक खातामा राखिदिएकाे हाे ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (NRN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।