प्रहरीले भन्यो– एनपीएल पहिलो दिनको टिकट बिक्री भइसक्यो, बाहिर भीड नगरौँ

Nov 17, 2025 11:17 AM Merolagani



नेपाल प्रिमियर लिग (एपीएल) दोस्रो संस्करणको पहिलो दिनको सबै टिकट बिक्री भइसकेको प्रहरीले जनाएको छ ।एनपीएलको दोस्रो संस्करण आज (मंसिर १)देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदै छ ।

यस दिनको सबै टिकट बिक्री भइसकेकाले मैदानबाहिर अरू व्यक्तिहरूले भीडभाड नगर्न प्रहरीले आग्रह गरेको छ ।

 

“आज मिति २०८२ मंसिर १ गते कीर्तिपुरस्थित (टीयू) खेल मैदानमा हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको आजको सम्पूर्ण टिकटहरू सोल्ड आउट भइसकेको जानकारी प्राप्त भएकोले टिकट नभएका महानुभावहरू उक्त स्थान वरपर भीडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ,” जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको सूचनामा उल्लेख छ ।