नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य एकै दिन भारि वृद्धि भएको हो ।
यस दिन चाँदी तोलामा १७० रुपैयाँ बढेको छ । आज बिहीबारको बजारमा चाँदी प्रतितोला ३ हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदीको मूल्य रेकर्ड नजिक पुगेको हो । बुधबारको बजारमा चाँदी प्रतितोला ३ हजार १७५ रुपैयाँमा खरिदबिक्री भएको थियो । चाँदीको मूल्य निरन्तर बढेको छ ।
