कम्पनी हालै XEV 9S र XUV700 एसयूभी भारतीय बजारमा लन्च गर्ने तयारी गरेको हो ।
जसअनुसार, XEV 9S एसयूभी आगामी २०२५ नोभेम्बर २७ मा विश्वव्यापी रुपमा डेब्यू गर्ने तयारीमा छ भने XUV700 एसयूभी २०२५ डिसेम्बरभित्र लन्च हुने तयारीमा छ ।
कम्पनीका अनुसार, ती दुई महत्वपूर्ण उत्पादनहरु आगामी सन् २०२६ को सुरुवातमा नै बिक्रिमा जाने अपेक्षा गरिएको छ । कम्पनीले XEV 9e बाट प्रेरित भएर धेरै नयाँ सुविधाहरुसहित XUV700 एसयूभी उत्पादन गर्न लागेको हो । यसमा विभिन्न फिचर र डिजाइनहरु परिवर्तीत भइ आउने कम्पनीले जनाएको छ । यद्यपि, पावरट्रेन विकल्पहरू अपरिवर्तित रहनेछन्।
कस्तो रहनेछ डिजाइन र फिचर ?
त्यस्तै, डिजाइन सुधारसँगै XUV700 मा ठूला एयर इनलेटहरु र परिमार्जित ट्वीन पड हेडल्याम्पहरु सहित पुनः डिजाइन गरिएको फ्रन्ट ग्रिल रहेको देखिन्छ । अगाडिको बम्पर र एलइडी डिआरएल सिग्नेचरमा पनि अद्यावधिक हुनेछ ।

नयाँ सुविधाहरुमा क्याबिनभित्र उल्लेखनीय अपग्रेड गरिएको छ । उही इन्जिन गियरबक्स विकल्पहरुमा यस एसयूभीमा २.० लिटर टर्बो पेट्रोल र २.२ लिटर टर्बो डिजेल इन्जिनहरुसँग आउनेछ ।
६ स्पीड म्यानुअल र ६ स्पीड टर्क कन्भटर स्वचालित समावेश हुनेछन् । यो एसयूभी अल ह्रवील ड्राइभ प्रणालीमा डिजेल स्वचालित भेरियन्टहरुको लागि आरक्षित रहने कम्पनीले जनाएको छ ।
न्यूनतम मूल्य कति होला ?
कम्पनीका अनुसार, यस XUV700 एसयूभीको १३.६६ लाख भारतीय रुपैयाँ देखि २३.७१ लाख भारतीय रुपैयाँसम्म सबै एक्स शोरुमहरुमा उपलव्ध हुने अपेक्षा गरिएको छ । डिजाइन र अन्य सुविधाहरुको स्तरोन्नतिलाई ध्यानमा राख्दै फेसलिफ्ट गरिएको मोडेलको मूल्यमा भने केही वृद्धि हुने अपेक्षा गरिएको छ ।