निर्धन उत्थानले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने

Nov 23, 2025 12:26 PM Merolagani



निर्धन उत्थान लघुवित्त वित्तीय संस्था (NUBL) ले ऋणपत्र निष्काशन गर्ने भएको छ। लघुवित्तले सुरक्षण नराखिएको १ अर्बको सहायक आवधिक ऋणपत्र ७ प्रतिशत ब्याजदर कायम गरी जारी गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने जनाएको छ।

नेपाल राष्ट्र बैंक तथा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि सो ऋणपत्र जारी गरिनेछ।

लघुवित्तको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।

२ अर्ब ६१ करोड २० लाख रुपैयाँ चुक्तापूँजी रहेको यस लघुवित्तले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १२ करोड ६१ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको थियो। गत वर्ष यस अवधिसम्म १ करोड ९५ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको यो लघुवित्त यस वर्ष भने खुद नाफामा गएको हो। पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने ७६ करोड ९६ लाख रुपैयाँभन्दा बढी छ।