सुन र चाँदीको मूल्यमा भारि गिरावट, कतिमा हुँदैछ कारोबार ?

Nov 18, 2025 11:03 AM Merolagani



मंसिर २ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला तीन हजार ८०० रुपैयाँले र चाँदी ६५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात सोमबारको बजारमा प्रतितोला २ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ३ हजार ९० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा ३ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।