उनीहरुले हालका राष्ट्रिय शैक्षिक स्वास्थ्य, उर्जा, युवासम्बन्धी मुद्दा तत्काल सम्बोधन गर्न पनि माग गरेका छन् । सरकारका प्रतिनिधिहरुको उपस्थितिले युवाहरुको मनोबल बढाउने, शहीदको सपनामा सरकारको प्रतिवद्धता झल्काउने उनीहरुको ठहर छ ।
कार्यक्रममा सरकारका सबै मन्त्रीहरुलाई बोलाउने कार्यक्रम रहेको अभियानले जनाएको छ । २३ गतेको घटनाका दोषीहरुलाई कारबाही हुनुपर्ने माग गरिएको उनीहरुले बताए । २३ गतेका अपराधीहरुलाई समातेपछि मात्रै २४ गतेको आगजनी, तोडफोड गर्नेहरुलाई समात्न आग्रह गरेको बताएका छन् । जेनजी नै अहिलेको सरकारको पर्खाल भएको उनीहरुको दाबी छ ।