एनपीएलः विराटनगर किंग्स र चितवन राइनोजबीच खेल हुँदै

Nov 26, 2025 08:53 AM Merolagani



नेपाल प्रिमियर लिग (एनपीएल) को १२ औँ खेलमा आज विराटनगर किंग्स र चितवन राइनोजबीच हुँदैछ। यी दुई टोलीबीच त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज साँझ ४ बजे खेल सुरु हुनेछ।

यस संस्करणमा हालसम्म खेलेका तीनवटै खेलमा जित हासिल गरेको विराटनगर ६ अंकसहित अंकतालिको दोस्रो स्थानमा छ भने १ खेलमा जित र १ मा हार व्यहोरेको चितवन २ अंकसहित चौथो स्थानमा छ। विराटनगरले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन खेल्नेछ भने चितवन दोस्रो जितको लागि खेल्नेछ।

सन्दिप लामिछाने कप्तान रहेको विराटनगर किंग्सले हालसम्म पोखरा एभेन्जर्स, काठमाण्डू गोर्खाज र जनकपुर बोल्टसलाई पराजित गरी ६ अंक बटुलेको हो। त्यस्तै, कुशल मल्ल कप्तान रहेको चितवनले आफ्नो पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेपनि दोस्रो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो।