एनपीएलः पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयाल्सबीच खेल हुँदै

Nov 21, 2025 08:53 AM Merolagani



नेपाल प्रिमियर लिग (एनपीएल) को पाँचौ दिन आज, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयाल्स बीच खेल हुँदैछ। त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा यी दुई टोलीबीच साँझ ४ बजे खेल सुरु हुनेछ।

आफ्नो पहिलो खेलमा काठमाण्डू गोर्खाजलाई ३० रनले पराजित गरेको सुदूरपश्चिम रोयाल्सले यस दिन दोस्रो जीतको लागि खेल्नेछ भने विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको पोखरा एभेन्जर्सले आफ्नो पहिलो जितका लागि खेल्नेछ।