सुनको मूल्य बढ्यो, चाँदीको मूल्यमा निरन्तरको रेकर्ड ब्रेक

Dec 03, 2025 10:56 AM Merolagani



मंसिर १७ गते, बुधबार,नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ११० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात मंगलबार छापावाला सुन प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यसदिन चाँदीको मूल्य तोलामा ११० रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँमा खरिद बिक्री भईरहेको छ । पछिल्दा दिनमा चाँदीको मूल्य निरन्तर नयाँ उचाई बनाउदै बढेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला ३ हजार ५४५ रुपैयाँमा खरिद बिक्री भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै बुधबार चाँदीको मूल्यले नयाँ उचाई कायम गरेको हो ।




५ कम्पनीको शेयरमूल्य समायोजन

Nov 28, 2025 06:34 AM

मंसिर १२ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा कृषि विकास बैंकको ३.२५ प्रतिशत, बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत र सर्वोत्तम सिमेन्टको ५ प्रतिशत, ङादी ग्रुप पावरको ५ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन भएको हो।