५ कम्पनीको शेयरमूल्य समायोजन

Nov 28, 2025 06:34 AM Merolagani



मंसिर १२ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा कृषि विकास बैंकको ३.२५ प्रतिशत, बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत र सर्वोत्तम सिमेन्टको ५ प्रतिशत, ङादी ग्रुप पावरको ५ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन भएको हो।

 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ तोकेको बुकक्लोज मितिको अघिल्लो कारोबार दिन सकिएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

समायोजनपश्चात कृषि विकास बैंकको शेयरमूल्य ३१८ रुपैयाँ ५५ पैसा, बरुण हाइड्रोपावरको ३३७ रुपैयाँ ८५ पैसा, सर्वोत्तम सिमेन्टको ८७० रुपैयाँ ३८ पैसा, ङादी ग्रुप पावरको ३७९ रुपैयाँ ५७ पैसा र शाइन रेसुङ्गाको ४११ रुपैयाँ ६५ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा कृषि विकास बैंकको शेयर प्रतिकित्ता ३२८ रुपैयाँ ९० पैसा, बरुणको ३५३ रुपैयाँ ९० पैसा, सर्वोत्तमको ९१३ रुपैयाँ ९० पैसा, ङादीको ३९७ रुपैयाँ ६० पैसा र शाइनको ४२४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यका आधारमा आगामी आइतबार दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।