Wed, Dec 03, 2025
सिद्धार्थ बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी रामेश्वर प्रसाद बस्याललाई दिएकाे छ ।
मंगलबार साँझ बसेको सञ्चालक समिति बैठकले बस्याललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । उनी बैंकको डेपुटी सीईओ हुन् । सीईओ सुन्दरप्रसाद कँडेलको ४ वर्षे कार्यकाल आगामी मंसिर २६ देखि सकिँदैछ । उनी २०७८ मंसिरमा सीईओ नियुक्त भएका थिए ।
सीईओ सुन्दरप्रसाद कँडेलको ४ वर्षे कार्यकाल आगामी मंसिर २६ देखि सकिँदैछ । उनी २०७८ मंसिरमा सीईओ नियुक्त भएका थिए ।
मंसिर १२ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा कृषि विकास बैंकको ३.२५ प्रतिशत, बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत र सर्वोत्तम सिमेन्टको ५ प्रतिशत, ङादी ग्रुप पावरको ५ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन भएको हो।