'अमेरिकामा १६ वर्षमा नै काम गर्न पाउँछन् तर नेपालमा १८ वर्ष नै पुग्नुपर्ने, दुई वर्ष काम बिहीन बनाउनु हुँदैन'

Dec 03, 2025 01:22 PM Merolagani



राष्ट्रिय सभा सदस्य वामदेव गौतमले १६ वर्ष उमेर पुगेको व्यक्तिले काम गर्न पाउने कानून बनाउनुपर्ने माग गरेका छन् । बुधवार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

 

उनले अमेरिकासहितका अन्य देशहरुमा १६ वर्षमा काम गर्न पाउने व्यवस्था रहेको तर नेपालमा १८ वर्ष नै पुग्नुपर्ने व्यवस्था रहेको बताए । यसलाई हटाएर १६ वर्षमै काम गर्न पाउने कानूनी प्रावधान जरुरी रहेको बताए ।

नेपाली युवाहरु विश्वभर छरिएका र उनीहरुले पठाएको रकमबाट देश चलिरहेको भन्दै उनीहरुलाई स्वदेशमै रोजगारी दिनसक्ने वातावरण बनाउनुपर्ने बताए ।

उनले भने, ‘हाम्रो करिव ६० लाख युवाहरु संसारभर बाँडिएका छन् । उनीहरुले यति पैसा कमायौँ भनेर पैसा पठाउँछन् । उनीहरुको श्रमशक्ति ठूलो संख्याको श्रमशक्तिबाट प्राप्त गर्दछन् । जसले उनीहरुलाई रोजागरी दिन्छ । रोजगारी हामीले भन्छौँ, एउटा ठूलो अवसर हो । यहाँ ल्याइसकेपछि त्यो पैसाको बदलामा कि त काम दिनुपर्छ । ऋणमाथि ऋण थुपारेर सरकारले प्रयोग गर्ने । देश विकास गर्ने हो भने काम गर्न सक्ने व्यक्ति १६ वर्षदेखि काम गर्नसक्छ । र कानून नै बनाउनुपर्छ । कानूनमा १८ वर्ष पुगेपछि काम गर्न पाउने कानून छ । १६ वर्षमा काम गर्न सक्छन् । अमेरिकामा सक्छ, अरु देशमा सक्छन् । नेपालमा १८ वर्ष लगाउनुपर्छ ? दुई वर्ष काम बिहीन हुने । १६ वर्षकोले पनि काम गर्न पाउने कानून बनाउनुपर्छ ।’

उनले ऋणमाथि ऋण थुपार्ने भन्दा सरकारले रोजगारी दिने वातावरण सिर्जना गर्नुपर्ने बताए ।




५ कम्पनीको शेयरमूल्य समायोजन

Nov 28, 2025 06:34 AM

मंसिर १२ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा कृषि विकास बैंकको ३.२५ प्रतिशत, बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत र सर्वोत्तम सिमेन्टको ५ प्रतिशत, ङादी ग्रुप पावरको ५ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन भएको हो।