कर्जा प्रवाह दुरुपयोग गरेकाे अभियोगमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

Dec 03, 2025 01:27 PM MeroLagani



केन्द्रीय अनुसन्धान ब्युरो नेपालले गुण एयरलायन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ। ब्युरोले उच्च अदालत पाटनको अनुमति लिएर बैकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार पक्राउ गरेको जनाएको छ ।


राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानुन विपरित कार्य गरी प्रभु बैंकलाई हानी नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने/गराउने कसुरमा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको हो । यसअघि सीआईबीले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन सहित तीन उच्च पदस्थलाई समेत पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

 




५ कम्पनीको शेयरमूल्य समायोजन

Nov 28, 2025 06:34 AM

मंसिर १२ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा कृषि विकास बैंकको ३.२५ प्रतिशत, बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत र सर्वोत्तम सिमेन्टको ५ प्रतिशत, ङादी ग्रुप पावरको ५ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन भएको हो।