गत नोभेम्बर २८ मा चीनको बजार नियमनका लागि राज्य प्रशासन(एसएएमआर) ले आफ्नो वेवसाइटमा एक सूचना जारी गर्दै सन् २०२१ र २०२३ को बीचमा उत्पादन भएका गाडीहरु फिर्ता बोलाउन बिवाइडीलाई आदेश दिएको थियो ।

ब्याट्री प्याक स्थिरतामा कमजोरी देखिएसँगै उक्त संख्याका एसयूभीहरु बजारबाट फिर्ता लैजाने घोषणा गरिएको हो । यो मुद्दा ब्याट्री प्याकभित्रको समस्या भएको र यसले भविष्यमा ती गाडीहरुको शुद्ध विद्युतीय दायरा कायम गर्न समेत समस्या पर्ने देखिएको हो ।
फिर्ता बोलाउन लागिएका ती गाडीहरु चीनमा सबैभन्दा बढी रुचाइएको र लोकप्रिय ब्रान्ड पनि हो । त्यस्तै, चिनियाँ बजारमा सबैभन्दा बढी बिक्री हुने ए–सेग्मेन्ट प्लग इन हाइब्रीड मोडेल हो । बिवाइडीले २०२५ अक्टोबरसम्ममा यो मोडेलका ३ लाख ५ हजार ११० युनिट एसयूभीहरु बिक्री गरिसकेको छ ।
यसअघि २०२५ अक्टोबर १७ मा पनि बिवाइडीले १० वर्षअघि उत्पादन गरेका १ लाख १५ हजार ७६३ युनिट टाङ र युआन प्रो इभीहरु बजारबाट फिर्ता बोलाउने निर्णय भएको थियो । ती एसयूभीहरुले विद्युतीय ड्राइभिङ मोडमा समस्या र ब्याट्रीभित्र पानी प्रवेश गर्ने सम्भावनाको सामना गरेपछि बजारबाट फिर्ता लैजाने घोषणा गरेको थियो ।