उडड्यन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसहित ६ जना विरुद्ध मुद्दा दायर, काे काे विरूद्ध मुद्दा पर्याे ?

Dec 03, 2025 05:07 PM merolagani



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा नागरिक उडड्यण प्राधिकरण (क्यान)का महानिर्देशक प्रदिप अधिकारीसहित ६ जना र एक कम्पनी विरुद्ध मुद्दा दायर गरेको छ ।

भक्तपुरको नलिनचोकमा हेलिपोर्ड निर्माणको क्रममा अनियमितता गरि भ्रष्टाचार गरेको आरोपमा आयोगले बुधवार उनीहरु विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

क्यानका महानिर्देशक प्रदिप अधिकारी, निर्देशक मुरारी भण्डारी, उपप्रवन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रवन्धक नवलविक्रम थापा, अभियन्त्र कन्सेल्टिङ प्रालिका म्यानेजिङ डाईरेक्टर विजय थापा, प्राईभेट ईन्जिनियर गुरुदत्त अधिकारी र अभियन्त्र कन्सेल्टिङ प्रालि, नयाँ बानेश्वर विरुद्ध मुद्दा दायर गरिएको विशेष अदालतका उपरजिष्टार कृष्णसरण लामिछानेले जानकारी दिए ।

उनले सबै आरोपीहरुलाई जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रूपैयाँ ७७ पैसा बिगो कायम गरि सोही अनुसारको कैद जरिवानाको मागदाबी गरि आयोगले मुद्दा दायर गरेको बताए । उनकाअनुसार क्यानका महानिर्देशक अधिकारी विरुद्ध थप ३ वर्ष सजाय मागदावी गरिएको छ । आयोगले आरोपत्रका साथ क्यानका महानिर्देशक अधिकारी र निर्देशक मुरारी भण्डारीलाई अदालतमा उपस्थिति गराएको जानकारी दिए । उनले समय अभावको कारणले उनीहरुको बयान तथा थुनछेक शुक्रवार मात्रै हुने जानकारी दिए।




५ कम्पनीको शेयरमूल्य समायोजन

Nov 28, 2025 06:34 AM

मंसिर १२ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा कृषि विकास बैंकको ३.२५ प्रतिशत, बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत र सर्वोत्तम सिमेन्टको ५ प्रतिशत, ङादी ग्रुप पावरको ५ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन भएको हो।