जिल्ला प्रशासन कार्यालय ललितपुरले एक सूचना जारी गर्दै सडक स्तरोन्नतिको कामका लागि ६० दिनसम्म दिउँसोको समयमा सवारी साधन सञ्चालनमा रोक लगाउने भएको हो ।
प्रशासनले जारी गरेको सूचना अनुसार, २०८२ मङ्सिर २० गतेदेखि लागू हुने गरी ६० दिनसम्म बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ ।
कान्ति राजमार्ग सडक योजना, एकान्तकुनाको पत्रानुसार उक्त सडक खण्डका विभिन्न स्थानहरूमा सडक फराकिलो बनाउने र कटिङको काम भइरहेको छ ।