प्रतिरोध परीक्षणमा गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स, हेरौँ फाइनान्सको कम्पनी विश्लेषण

Dec 06, 2025 06:39 PM Merolagani



यस साता फाइनान्स उपसमूहको परिसूचक १.९५ प्रतिशत बढेको छ। गत साता २३००.९९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४४.९६ अंक बढेर २३४५.९५ विन्दुमा पुगेको छ।

सोही उपसमूहमध्येको एक कम्पनीको गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड (GMFIL)।

यस साता फाइनान्सको शेयरमूल्य ५१ रुपैयाँ ५० पैसा बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४५२ रुपैयाँ ५० पैसा रहेको यस फाइनान्सको अन्तिम मूल्य, यस साता ५०४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

प्रतिरोध परीक्षणमा

साताको अन्तिम कारोबार दिन फाइनान्सको शेयरमूल्य प्रतिरोध परीक्षणमा देखिएको छ। हाल फाइनान्सको प्रतिरोध क्षेत्र ४८५ देखि ५०५ सम्म रहेको छ। साताको अन्तिम कारोबार दिन फाइनान्सको शेयरमूल्यले सो क्षेत्र तोडेर उकालो लागेमा अन्तिम समयमा भने सो क्षेत्रभित्र नै झरेको छ। आगामी कारोबार दिनमा फाइनान्सको शेयरमूल्यले सो प्रतिरोध क्षेत्र तोडेर उकालो लागेमा ५५५ देखि ५७५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर, सो क्षेत्रमा प्रतिरोध सामना गरी ओरालो लागेमा भने ४३५ देखि ४५५ को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता हाबी

यस साता साप्ताहिक रुपमा फाइनान्सको शेयरमूल्यले छोटो टुप्पी भएको बुलिश मैनबत्ती बनाएको छ। त्यस्तै, साताको अन्तिम चारै कारोबार दिन फाइनान्सको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ। यसले सो साता र दिनहरुमा फाइनान्सको शेयरमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ

एआई सिग्नल

मेरोलगानी एआईले हालसम्म फाइनान्सको शेयरमा १७ पटक बाइ सिग्नल दिइसकेको छ। जसमध्ये १३ सिग्नलबाट लगानीकर्ताहरुले नाफा कमाएका थिए भने ४ सिग्नलमा स्टप लस गर्नु परेको थियो। हाल मेरोलगानी एआईले फाइनान्सको शेयरमा कुनै सिग्नल दिएको छैन।

बलियो भोल्यूम

यस साता फाइनान्सको दैनिक औषतमा १ लाख २ हजार ४ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन फाइनान्सको २० दिने औषत भोल्यूम ३५ हजार ७७२ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १८५.१५ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

प्राविधिक विश्लेषणको अर्को उपकरण एमएसिडीमा यस साता फाइनान्सको शेयरमूल्यले बुलिश प्रवृत्तिमा रहेको छ। यस साता फाइनान्सको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ भने हिस्टोग्राम सकारात्मक क्षेत्रमा रहेको छ। एमएसिडी रेखा र सिग्नल रेखा बीचको दूरी बढ्दो क्रममा रहेको छ भने हिस्टोग्रामको उचाई बढ्दो क्रममा रहेको छ।

खरिदचाप बढी

स्टकास्टिक आरएसआई अनुसार फाइनान्सको शेयरमूल्य अहिले ओभरबट जोनमा रहेको छ। यसले बजारमा फाइनान्सको शेयरमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा फाइनान्स ३ करोड ७ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्स ११ करोड ३३ लाख रुपैयाँ नोक्सानीमा थियो।
खुद ब्याज आम्दानी बढेसँगै फाइनान्सको खुद नोक्सानी घट्न पुगेको हो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी २२.८९ प्रतिशत बढेर ५ करोड ३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी १८.४१ प्रतिशत बढेर ५ करोड ८१ लाख रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा फाइनान्सको इम्पेरमेन्ट चार्ज ४ करोड ४९ लाख रुपैयाँ रहेको छ।

 

गत असोज मसान्तसम्ममा १ अर्ब १ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा ५८ करोड ५ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा फाइनान्सले ७ अर्ब ९८ करोड ७४ लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब १५ करोड २९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

पहिलो त्रैमासको अन्त्यसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा ३ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६० पैसा ऋणात्मक रहेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा फाइनान्सको प्रतिशेयर आम्दानी १२ रुपैयाँ १६ पैसा ऋणात्मक रहेको छ भने बुकभ्यालु १५७ रुपैयाँ ३५ पैसा रहेको छ। साताको अन्तिम मूल्यका आधारमा फाइनान्सको प्राइस टु बुकभ्यालु रेशियो ३.२ गुणा रहेको छ।

आधारभूत अवस्था

हाल नेप्सेमा फाइनान्सको १ करोड १ लाख २१ हजार ७६० कित्ता शेयर सूचीकृत छ। गत बुधबार फाइनान्सको अन्तिम मूल्य प्रतिकित्ता ५४० रुपैयाँ कायम भएको थियो। यस अनुसार फाइनान्सको कुल बजार पूँजीकरण ५ अर्ब १० करोड १३ लाख ६७ हजार ४० रुपैयाँ रहेको छ।

फाइनान्सको पछिल्लो १८० दिनको औषत मूल्य ४७६ रुपैयाँ ८३ पैसा रहेको छ। त्यस्तै, फाइनान्सको ५२ हप्ताको उच्च शेयरमूल्य ६८० रुपैयाँ ३० पैसा रहेको छ भने न्यून मूल्य ३९३ रुपैयाँ १० पैसा रहेको छ।

८० नम्बर ब्रोकरबाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ८० ले फाइनान्सको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता फाइनान्सको ८७ हजार ३७ कित्ता खरिद गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर ४८ ले ५९ हजार २७९ कित्ता शेयर खरिद गरेको छ। यस साता ब्रोकर नम्बर ७४ ले फाइनान्सको सबैभन्दा बढी २९ हजार २४३ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य घट्ने डर कम हुँदै

फियर एण्ड ग्रीड मिटरमा फाइनान्स अहिले विस्तारै फियर जोनबाट न्यूट्रल जोनतर्फ बढीरहेको छ। यसले बजारमा लगानीकर्ताहरुमाझ फाइनान्सको शेयरमूल्य घट्छ भन्ने डर कम हुँदै गरेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




मौद्रिक नीतिमा भएका महत्त्वपूर्ण हेरफेर

Dec 01, 2025 11:00 AM

नेपाल राष्ट्र बैंककले चालु आर्थक वर्ष २०८२/८३ को प्रथम त्रैमासिकको समीक्षा सार्वजनिक गरेको छ । सोमबार केन्द्रीय बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।