प्रि ओपन सेसन अपडेटः करिब साढे १ अंक घट्यो नेप्से

Dec 07, 2025 10:58 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बुधबार १३.५२ अंक घटेर २६३१.१७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.४८ अंक घटेर २६२९.६९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६२ अंक घटेको छ।

आइतबार प्रि ओपन सेसनमा ४८ स्टकको १४८ पटकको कारोबारमा ५ करोड २६ लाख २० हजार ७०२ रुपैयाँबराबरको ९० हजार ३५६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




कुन कम्पनीकाे लाभांश पच्याे? कसको पच्न बाँकी ? यस्तो देखियो तथ्याङ्कमा (सूचीसहित)

Dec 05, 2025 06:07 AM

सुवास निरौला

कम्पनी स्थापना गर्दा किनेको संस्थापक शेयर होस् अथवा प्राथमिक बजारमा किनेको आईपीओ अनि दोस्रो बजार मार्फत शेयर किन्नुको प्रमुख प्रमुख उद्देश्य भनेको नाफा गर्नु नै हो।