प्रि ओपन सेसन अपडेटः झिनो अंक घट्यो नेप्से

Dec 08, 2025 10:53 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार २१.४८ अंक घटेर २६०९.६९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०३ अंक घटेर २६०९.६६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०९ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ५२ स्टकको ८२ पटकको कारोबारमा ७७ लाख ९० हजार १८४ रुपैयाँ २० पैसाबराबरको २१ हजार ४८० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १५ स्टकको मूल्य बढेको छ भने ३३ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।