सुनको मूल्य ताेलामा नै २,२०० ले बढ्यो, चाँदीकाे उच्च मूल्यबाट घट्यो

Dec 14, 2025 11:23 AM Merolagani



मंसिर २८ गते, आइतबार, नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चाँदी हालसम्मकै उच्च मूल्यबाट घटेको छ ।

यस दिन सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा ८० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् शुक्रबार, यस्तो सुन प्रतितोला २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन चाँदीको मूल्य तोलामा ८० रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला तीन हजार ८२५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला तीन हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो ।