हिरो मोटोकर्प इन्डियाका अनुसार, डर्ट.ई के३ नाम दिइएको मोटरसाइकल गत शुक्रबार लन्च गरिएको हो ।
कम्पनीका अनुसार, जुनसुकै अफ–रोड लाइनका लागि डर्ट.ई उत्पादन पहिलो हो । ४ वर्षदेखि १० वर्षसम्मका युवाहरु सवारी गर्ने गरी यो मोटरसाइकलको डिजाइन गरिएको छ ।

कम्पनीले विद्युतीय प्रदर्शनलाई थप विस्तार गर्ने हेतुले यो सवारी उत्पादन गरेको जनाएको छ । भारतमा यो मोटरसाइकल लन्च भएसँगै यसको बुकिङ समेत खुला गरिएको छ ।
यो मोटरसाइकल तीनवटा कलरमा उपलव्ध छन् । जुन, रातो, बैजनी र सेतो रंगमा यो मोटरसाइकल ग्राहकले खरिद गर्न सक्नेछन् । कम्पनीका अनुसार, यो मोटरसाइकल पहिलो ३०० युनिटहरुको लागि ६९ हजार ९९० भारतीय रुपैयाँमा शोरुमहरुमा प्राप्त हुनेछ ।
कम्पनीका अनुसार, यो मोटरसाइकल बुकिङ गरेको ग्राहकलाई २०२६ जनवरी १५ गतेदेखि चरणबद्ध रुपमा डेलिभरी पाउनेछन् । पहिलो चरणमा इलेक्ट्रिक बाइक पाँच सहरहरुमा चयन गरिएका आउटलेटहरुमा उपलव्ध हुनेछ । जुन, दिल्ली, बैंगलुरु, पूणे, जयपुर र कालिकट सहरमा मोटरसाइकलको डेलिभर हुनेछ ।
भिडा डर्ट.ई के३ मोटरसाइकलमा ३५० वाट र ५०० वाटका दुईवटा पीक पोटर ब्याट्री रहनेछन् । यसमा घरमा नै छुट्याएर चार्ज गर्न मिल्छ । ब्याट्री लभगभ तीन घण्टामा फुल चार्ज हुन्छ ।
एक पटक फुल चार्ज गरेपछि भू–भाग र मोडअनुसार कम्तीमा ३ घण्टा निरन्तर ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ ।