नेपाल धितोपत्र बोर्डले सुपर खुदी हाइड्रोपावरलाई आइपीओ निष्काशन अनुमति दिएको छ । बोर्डले आइतबार १ सय रुपैयाँ अंकित मूल्यका ३१ लाख कित्ता शेयर निष्काशन गर्न उक्त कम्पनीलाई अनुमति दिएको हो । आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ ।