
२०८२ साल पुस ७ गते सोमबार, काठमाडौँमा सम्पन्न भएको साधारण सभाले यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७१९ को ५.३५८३ प्रतिशत अर्थात् १९ करोड ०५ लाख ५३ हजार ६२६ बराबरको नगद लाभांश (करसहित) तथा पाँच प्रतिशत अर्थात रू. १७ करोड ७८ लाख १२ हजार ७८५ बराबरको बोनस शेयर गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
प्रस्ताव पारित भएसँगै यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ पुग्ने भएको छ । साधारण सभाले आ.व.०८१/८२ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिलगायतका प्रस्ताव समेत पारित गरेको छ ।