अप्पर हेवाखोला हाइड्रोपावरको लाभांश घोषणा

Dec 23, 2025 02:25 PM Merolagani



अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड (UHEWA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल विद्युत प्राधिकरणबाट स्वकिृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।