मारुती ब्रेजा फेसलिफ्ट एसयूभी जनवरीमा लन्च हुने, यी गाडीसँग हुनेछ प्रतिष्पर्धा

Dec 23, 2025 04:24 PM merolagani



भारतमा सर्वाधिक बिक्री हुने ब्रान्ड मारुतीले नयाँ ब्रेजा फेसलिफ्ट एसयूभी लन्च गर्ने भएको छ । कम्पनीका अनुसार, उक्त एसयूभी आगामी २०२६ को मध्य जनवरीमा सार्वजनिक हुनेछ ।

नयाँ मारुती ब्रेजाका बारेमा कम्पनीले धेरै आधिकारीक विवरणहरु सार्वजनिक भने गरेको छैन् । यो एसयूभीले टाटा नेक्सन, हुन्डाइ भेन्यू, किया सोनेट, महिन्द्रा एक्सयूभी थ्रीएसओ, निसान म्याग्नाइट र रेना किगरजस्ता गाडीहरुसँग प्रतिष्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार, मारुती ब्रेजाको डिजाइन र लुक्समा केही परिवर्तन पाउन सकिनेछ । क्याबिन लेआउट अपरिवर्तीत रहे पनि अन्य डिजाइन अपग्रेड भइ आउनेछ । केही नयाँ सुविधाहरुले यसको मूल्य प्रस्ताव केही बढाउने कम्पनीले जनाएको छ । तर, अहिलेसम्म यति नै मूल्य भनेर निर्धारण गरिएको छैन् ।

यो मोडेलमा हालको ९ इन्च युनिटलाई प्रतिस्थापन गर्दै ठूलो १०.१ वा १०.२५ इन्च टचस्क्रीन इन्फोटेनमेन्ट प्रणाली प्राप्त गर्न सकिनेछ । अन्य प्रमुख सुधारहरुमा नयाँ डिजिटल इन्स्टुमेन्ट क्लस्टर, भेन्टिलेटेड फ्रन्ट सिट र प्रिमियम अडियो प्रणाली समावेश हुने सम्भावना छ ।

त्यस्तै, नयाँ २०२६ मारुती ब्रेजा फेसलिफ्टमा थोरै अपडेट गरिएको फ्रन्ट ग्रिल, परिमार्जित बम्परहरु, नयाँ १६ इन्च स्वीर्ल प्याटर्न अलोय ह्रीलहरु र एलईडी डिआरएलहरु समावेश हुने अपेक्षा गरिएको छ ।

५ स्पीड म्यानुअल र ६ स्पीड स्वचालित गियरबक्स विकल्पहरु भएको पेट्रोल इन्जिनमा यो एसयूभी सार्वजनिक हुनेछ ।