रमेश लेखकलाई जाँचबुझ आयोगले बयानका लागि बोलायो

Dec 23, 2025 04:12 PM merolagani



गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाको छानबीन गर्न तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जाँचबुझ आयोगले बयानका लागि बोलाएको छ ।

मंगलबार आयोगले लेखकलाई पत्र काट्दै बयानका लागि शुक्रबार बोलाउने भएको छ । आयोगले यसअघि सम्बन्धित घटनामा संलग्न अधिकांश व्यक्तिहरूको बयान लिइसकेको छ।

आयोगले लेखकसँगै तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीलाई समेत पत्र नै काटेर बयानका लागि बोलाउने तयारी गरेको छ ।