पाल्पा सिमेन्ट इन्डष्ट्रिजलाई शेयर निष्काशन अनुमति

Dec 24, 2025 05:42 PM Merolagani



पाल्पा सिमेन्ट इन्डष्ट्रिजले प्राथमिक शेयर निष्काशन गर्ने अनुमति पाएको छ। कम्पनीलाई नेपाल धितोपत्र बोर्डले बुधबार शेयर निष्काशनको अनुमति दिएको हो ।

पाल्पा सिमेन्टले २०८१ वैशाख २३ मा आइपीओ अनुमतिको माग गर्दै आवेदन दिएको थियो। कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरमा चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ७५ करोड रुपैयाँको ७५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ छ।