गार्डियन माइक्रो लाइफको साधारण सभाले पारित गर्यो शतप्रतिशत हकप्रद शेयरको प्रस्ताव

Dec 29, 2025 05:25 PM MeroLagani



गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको छ । कम्पनीका अध्यक्ष उदय श्रेष्ठको सभापतित्वमा सोमबार सम्पन्न तेस्रो वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो ।


चालु आवमा बीमा क्षेत्रमा साधारण सभा गर्ने पहिलो बीमा कम्पनी बनेको समेत बताउँदै उक्त साधारण सभामा गत वर्ष ४ करोड ७ लाख ५८ हजार खुद मुनाफा गर्न सफल भएको जानकारी दिइयो । साधारण सभाले शेयरधनीको तर्फबाट नवराज सुक्का निर्विरोध निर्वाचित गरेको थियो ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।