त्यस्तै विकास बैंकतर्फ ग्रिन डेभलपमेन्ट बैंकको शेयर किन्दा अझै लाभाश पाउने सकिने अवस्था छ। बैंकले पनि ८.०४ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करबापत् ०.४२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
फाइनान्सतर्फ श्री इन्ष्भेष्टमेन्ट फाइनान्स कम्पनीको शेयर किन्दा अझै लाभांश पाइन्छ ।
हाइड्रोपावरतर्फ अझै ६ वटा कम्पनीको शेयर किन्दा अझै लाभांश किन्न बाँकी रहेको छ । अरुण भ्याली हाइड्रोपावर, अपी पावर, विन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, चिलिमे हाइड्रोपावर,
कालिका पावर र युनाइटेड इदी मार्दी एन्ड आरबी हाइड्रोपावरले लाभांश घोषणा गरेको थियो जसको अझै बुक क्लोज हुन बाँकी छ । ६ वटा हाइड्रोपावरमध्ये चिलिमे हाइड्रोपावरले सबैभन्दा बढी ८ प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश घोषणा गरेको थियो ।
यता लगानी समूहबाट नागरिक लगानी कोष र इमर्जिङ नेपालको अझै बुक क्लोज भएको छैन । लगानी कोषले ५ प्रतिशत बोनस र ८ प्रतिशत नगद गरेर १३ प्रतिशत तथा इमर्जिङ नेपालले ५.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
यता जीवन बीमा समूहबाट अझै ४ वटा कम्पनी किन्दा अझै लाभांश पाइनेछ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको २१.०५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४ प्रतिशत र ४.४२ प्रतिशत नगद गरेर ८.४२ प्रतिशत तथा रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको १२ प्रतिशत नगद र सूर्य ज्योति लाइफ इन्स्योरेन्सको १३ प्रतिशत नगद लाभांश पाउन अझै समय सकिएको छैन ।
लघुवित्त समूहबाट पनि ११ वटा लघुवित्तको शेयर किन्दा अझै लाभांश पाइन्छ । फष्ट माइक्रोफाइनानस, हिमालयन लघुवित्त, जीवन विकास लघुवित्त, कालिका माइक्रोफाइनान्स, माहुली लघुवित्त, निर्धन उत्थान लघुवित्त, स्वरोजगार लघुवित्त तथा समता घरेलु लघुवित्तको शेयर किन्दा अझै लाभांश पाइन्छ । ती मध्ये नेसनल माइक्रोफाइनानस र स्वरोगार लघुवित्तले १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् । जीवन विकास लघुवित्तले १४.२३ प्रतिशत बोनस र ०.७४ प्रतिशत नगद गरेर कुल १४.९७ प्रतिशत लाभांश घोषणा गरेकाे छ ।
निर्धन उत्थानले ४ प्रतिशत बोनस र ७ प्रतिशत नगद गरेर १२ प्रतिशत, कालिका लघुवित्तले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद गरेर १०.५३ प्रतिशत लाभांश घोषणा गरेका छन्। यता हिमालयन लघुवित्तले ६.६५ प्रतिशत बोनस र ०ं.३५ प्रतिशत नगद गरेर कुल ७ प्रतिशत, फस्ट माइक्रोफाइनान्सले साढे ६ प्रतिशत नगद, समता घरेलुले ५ प्रतिशत बोनस र त्यसमा लाग्ने करबापत् ०.२६ प्रतिशत नगद गरी ५.२६ प्रतिशत लाभांश घोषणा गरेका छन् । ग्लोबल आईएमई, मेरो र माहुली लघुवित्तले ४.७५ प्रतिशत बोनस र ०.२५ प्रतिशत नगद गरी ५ प्रतिशत लाभांश घोषणा गरेका छन् । पुसको मसान्तमा मात्रै साधारण सभा आह्वान गरेका यी कम्पनीको अझै एक-दुई दिन शेयर खरिद गर्दा पनि लाभांश पाइन्छ ।
त्यस्तै निर्जीवन बीमा कम्पनीबाट एनएलजी इन्स्योरेन्सको ४ प्रतिशत बोनस तथा ३ प्रतिशत नगद गरी ७ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १५ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २५ प्रतिशत नगद लाभांश लागि अझै बुक क्लोज भएको छैन ।
अन्य समुहबाट भने नेपाल टेलिकमको ३० प्रतिशत नगद लाभांशको लागि बिहीबारसम्म शेयर खरिद गर्न सकिने समय छ ।