दुई राप्रपा एक हुने

Dec 31, 2025 11:09 AM merolagani



कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल आज राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुँदैछ ।

दुई पार्टीको एकता सभा दिउँसो १ बजे सभा गृहमा हुनेछ । गत महाधिवेशनमा थापा अध्यक्षमा पराजित भएसँगै राप्रपा विभाजन भएको थियो ।

अहिलेको परिस्थितिलाई हेरेर पार्टी एकता गर्न लागिएको दुवै पार्टीले जनाएका छन् ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।