यस अवसरमा प्रदेश, जिल्ला तथा पालिका तहका सम्पूर्ण कार्यसमितिहरूले विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी भएको अर्गनाइजेसनले जनाएको छ।
स्थापना दिवसको सम्मानमा कार्यालयहरू तथा सदस्य विद्यालयहरूमा प्याब्सनको झण्डा फहराइने र साँझ सांस्कृतिक दीपावली कार्यक्रम समेत आयोजना गरिनेछ।
प्याब्सनका महासचिव आरबी कटवालले मातहतका सबै कार्यसमितिहरूलाई स्थापना दिवस भव्य रूपमा सम्पन्न गर्न सक्रिय सहभागिता र सहकार्य गर्न निर्देशन दिएको जानकारी गराएका छन्। साथै सदस्य विद्यालयहरूमा पनि झण्डा फहराउने व्यवस्था मिलाइने जनाइएको छ।
संस्थाले यस दिवसलाई विद्यालय शिक्षा क्षेत्रको प्रगति, एकता र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गर्दै समुदायमा सकारात्मक सन्देश फैलाउने लक्ष्य राखेको जनाएको छ।